दातृ निकायद्धारा चार खर्ब बढी सहयोगको प्रतिबद्धता : दुई खर्ब २० अर्ब अनुदान बाहेक बाँकी सबै ऋण ।

दातृ निकायद्धारा चार खर्ब बढी सहयोगको प्रतिबद्धता : दुई खर्ब २० अर्ब अनुदान बाहेक बाँकी सबै ऋण ।

  • शुक्रबार, असार ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

काठमाण्डौ,११ असार ।

भूकम्पबाट प्रभावित नेपालको पुननिमार्णका लागि अन्तराष्ट्रिय समुदायले  दिएको ४ खर्ब ४० अर्ब रुपैयाको सहायता मध्य आधा जसो रिन रहेको छ ।

घोषित सहायता प्रतिबद्धतामध्ये दुई खर्ब २० अर्ब रुपैंया अनुदान सहयोग हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो ।

सम्मेलन समाप्तिपछि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. रामशरण महतले भारत, चीन, बेलायत, जापान, संयुक्त राज्य अमेरिका, नर्वेलगायत मुलुकले उदार हृदयले आर्थिक सहयोगको घोषणा गरेको बताउँदै वित्तीय सहयोगका अतिरिक्त प्राविधिक, परामर्श, सेवा र तालिममा पनि नेपाललाई मद्दत गर्ने प्रतिबद्धता जाहेर भएको जानकारी दिनुभयो ।

सम्मेलन आयोजक समितिका संयोजक डा. महतले भन्नुभयो, “संयुक्त राष्ट्र सङ्घजस्ता बहुपक्षीय निकायले आर्थिक एवम् भौतिक सहयोगबाहेक त्यस्तो मद्दत गर्ने आश्वासन दिएका छन् ।”

विपद् व्यवस्थापन, पूर्व तयारीका क्षेत्रमा प्राविधिक, परार्श र तालिम आवश्यक भएकाले ती क्षेत्रमा पनि दातृ निकायले सघाउने तत्परता देखाएको उहाँले बताउनुभयो ।

महाविपत्तिपछिको छोटो अवधिमा नेपालले यो सम्मेलन आयोजना गर्न नसक्ने शङ्का उपशङ्का व्यक्त भइरहेका बेला अभूतपूर्वरुपमा सम्मेलन सम्पन्न भएको उहाँले बताउनुभयो ।

अर्थमन्त्रीले सम्मेलनमा ६० भन्दा बढी देशका उच्च प्रतिनिधिमण्डलले भाग लिएको र सम्मेलनमा व्यक्त सहायता प्रतिबद्धताअनुरुप परियोजना तयार पारेर इमान्दारीपूर्वक कार्यान्वयन गरिने स्पष्ट गर्नुुभयो ।

पुनःनिर्माण, पुनःस्थापना, पुनर्वास एवम् नवनिर्माणका सम्पूर्ण काम प्रभावकारी एवम् पारदर्शी रुपमा कार्यान्वयन गर्न प्राधिकरण स्थापना, प्रमुख कार्यकारी अधिकृतको नियुक्तिलगायत काम शीघ्र गरिने जानकारी दिँदै उहाँले कार्यकारी अधिकृत उच्च नैतिक आचारण र स्वच्छ छविको व्यक्ति हुनुपर्छ भन्ने मान्यतामा सरकार अडिग रहेको स्पष्ट गर्नुभयो ।

परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले सम्मेलनपछि विपद्को अवस्थामा नेपाल एक्लो छैन भन्ने सन्देश विश्वसामु प्रस्तुत गर्न मुलुक सफल भएको बताउनुभयो ।

उहाँले भारत, चीन, जापान, नर्वे, विश्व बैंक, एसियाली विकास बैंकलगायत द्विपक्षीय र बहुपक्षीय निकायका प्रतिनिधिसँग सौहार्द्रपूर्व वातावरणमा विपद् व्यवस्थापनका सम्बन्धमा छलफल भएकाले पनि सम्मेलन सफल भएको बताउनुभयो ।

भुकम्प पछिको पुननिर्माणमा करिब ६ खर्ब ६६ अर्ब रुपैयाँ लाग्न सक्ने सरकारको अनुमान छ । पुनर्निर्माणको काम बर्षायाम सकिएपछि शुरु हुने बताईएको छ ।

भूकम्पपछिको पुनःनिर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट सहयोग जुटाउने उद्देश्यले आयोजित ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्रा्ष्ट्रिय सम्मेलन–२०७२’ बिहिबार सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी