काठमाडौं, ११ असार ।
संबिधानका बिबादीत बिषयमा प्रारम्भीक मस्यौदा तयार पार्ने जिम्मा पाएको मस्यौदा समिती अन्तगर्तको कार्यदलले
आज प्रारम्भिक मस्यौदा समितीमा बुझाउदै छ ।
मस्यौदा कार्यदलले प्रारम्भिक मस्यौदाको खाकालाई अन्तिम रुप दिइसकेकाले समितिमा बुझाउन लागेको हो । कार्यदलले तयार पारेको संविधानको प्रारम्भिक मस्यौदामा ३६ भाग र ३ सय धारा रहेको बताइएको छ ।
यसअघि, ३५ भाग र ३ सय १२ ओटा धारा रहेको प्रारम्भिक मस्यौदाको खाका सार्वजनिक भएको थियो । मस्यौदा समितिको बैठक आज अपराह्न्न ४ बजेका लागि बोलाइएको छ ।
कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गरी मस्यौदा समितिले संविधानको मस्यौदाको खाका संविधानसभामा पठाउने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline