काठमाडौं,११ असार ।
ब्यबस्थापिका संसदको राज्य व्यवस्था समितिले सशस्त्र प्रहरीलाई समेत पक्राउ पुर्जि जारी गर्न दिने सरकारको तयारी तत्काल अघि नबढाउन निर्देशन दिएको छ ।
सशस्त्र प्रहरीलाई पनि पक्राउ पूर्जी जारी गर्ने अधिकार दिने गरी सशस्त्र प्रहरीको नियमावली संशोधन मस्यौदा मन्त्रिपरिषदमा पेश भएपछि समितिले आज गृहमन्त्री बामदेब गौतमलाई बोलाएर तत्काल त्यस्तो अधिकार नदिन निर्देशन दिएको हो ।
बैठकमा बोल्दै गृहमन्त्री गौतमले सशस्त्रलाई पक्राउ गर्ने अधिकार भएपनि पूर्जि नै दिन भने तत्काल नसकिने बताउनुभएको थियो । सशस्त्रको नियमावली संसोधन प्रक्रिया तत्काललाई थाँती राख्ने उहाँले उल्लेख गर्नूभएको छ । सशस्त्रलाई पक्राउ पुर्जि दिदाँ क्षेत्राधिकार मिचिने भन्दै नेपाल प्रहरीले बिरोध गरेपछि दुई विभाग बीचको विवाद चुलिएको हो ।
आजको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले पर्याप्त छलफल पछि मात्र प्रक्रिया अगाडि बढाउन आग्रह् गरेका छन । उनीहरुले सामान्य विवादका कारण दुई संगठनबीच यति ठुलो बिबाद उत्पन्न हुन नहुने बताएका थिए । यसैबीच समितिले पश्चिम तराई लगायत अधिकांश क्षेत्रमा बाढीपहिरोको खतरा तिब्र बनेको भन्दै ५ दिनभित्र ठोस कार्यक्रम ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।