काठमाडौं, ११ असार ।
संसदीय समितिले भूकम्पपीडितलाई गोरखामा वितरित विश्व खाद्य कार्यक्रले जानी -जानी कुहिएको चामल बाडेको ठहर गरेको छ ।
राष्ट्रिय विपत् व्यवस्थापन अनुगमन तथा निर्देशन समितिको उपसमितिले स्थलगत अनुगमनपछि खाद्यान्न कुहिएको र खान योग्य नभएको ठहर गरेको हो ।
गोरखाको लाप्राकमा विश्व खाद्य कार्यक्रमबाट वितरित चामलमध्ये एक सय २० बोरा चामल कुहिएर दर्गन्धित भएको अवस्थामा रहेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।
‘अनुगमनका क्रममा हालै लाप्राकमा विश्व खाद्य कार्यक्रमबाट वितरित चामलमध्ये एक सय २० बोरा चामल सडेको, कुहिएके , गन्हाएर दुर्गन्धित भएको अवस्थामा फेला पारियो’, उपसमितिको प्रतिवेदनमा भनिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline