प्रधानमन्त्रीसहित शिर्ष नेताहरुविरुद्ध मुद्दा दायर

प्रधानमन्त्रीसहित शिर्ष नेताहरुविरुद्ध मुद्दा दायर

  • बिहिबार, असार १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाण्डौ, १० असार ।

सर्वोच्च अदालतको आदेशविरुद्ध अभिव्यक्ति दिएर न्यायाधीश र अदालतप्रति घृणा फैलाउने कार्य गरेको दाबी गर्दै प्रधानमन्त्री सहित प्रमुख चार दलका नेता र संविधानसभा अध्यक्ष विरुद्ध अवहेलना मुद्दा दायर भएको छ ।

अधिवक्ता लक्ष्मीप्रसाद पोखरेलले आज मुद्दा दायर गर्दै नेताहरूलाई बयानका लागि सर्वोच्चमा हाजिर गराएर जेल सजाय र जरिबाना गर्न माग गर्नुभएको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र सभामुख सुवासचन्द्र नेम्बाङविरुद्ध मुद्दा दायर भएको हो ।

त्यस्तै एककिृत माओवादी उपाध्यक्ष बाबुराम भट्टराई, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, गृहमन्त्री वामदेव गौतम, कानुनमन्त्री नरहरि आचार्य र संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्बाङलाई पनि अवहेलनामा सजाय गर्न माग गरिएको छ ।

विपक्षी सबैलाई सर्वोच्च अदालत ऐन, २०४८ को दफा ७ बमोजिम एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना गर्न माग गरिएको छ।

चार प्रमुख दलबीच भएको १६ बुँदे सहमति रोक्ने गरी गत शुक्रबार सर्वोच्चबाट भएको अन्तरिम आदेशलाई लिएर नेताहरूले अदालतमाथि ’हमला’ गरेको दाबी पोखरेलको छ ।

निवेदनमा सुनुवाइका लागि असार १३ गतेको पेसी तय भएको सर्वोच्चले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी