बिप्लब नेतृत्वको माओवादीद्धारा संघर्षको कार्यक्रम फिर्ता

बिप्लब नेतृत्वको माओवादीद्धारा संघर्षको कार्यक्रम फिर्ता

  • बुधबार, असार ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौ, ९ असार ।

कार्यकर्ता पक्राउको बिरोधमा बिप्लब नेतृत्वको नेकपा माओवादीले आज साँझ गर्ने भनिएको जुलुस प्रदर्शनको कार्यक्रम फिर्ता लिएको छ ।

लिपुलेकलाई व्यापारीक केन्द्र बनाउने भारत र चीनबीच भएको सहमतिको विरोधमा गरेको कार्यक्रममा पक्राउ परेका कार्यकर्ता रिहाई भएपछि प्रदर्शनको कार्यक्रम फिर्ता लिएको हो ।

पार्टि प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले मलाल जुलुस सहित भोली देखि गर्ने भनिएको कडा संघर्षका कार्यक्रम फिर्ता लिईएको जानकारी दिनुभयो उहाँले भन्नुभयो, साँझको मसाल जुलुसको तयारीमै थियौँ । नभन्दै पक्राउ गरिएका कार्यकताहरुको रिहाई गरिएपछि संघर्षको कार्यक्रम फिर्ता लियौँ ।
यसअघि एक बिज्ञप्ति जारी गर्दै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले लिपुलेक सम्झौताको शान्तिपूर्ण प्रर्दशनमाथिको प्रहरी हस्तक्षपलाई क्रुर र हिंस्रक दमनको संज्ञा दिदै कडा संघर्षको कार्यक्रम अघि बढाउने चेतावनी दिनुभएको थियो ।

बिप्लब नेतृत्वको माओवादी निकट देशभक्त जनवादी संघीय गणतान्त्रिक मोर्चाले मध्यान्ह शान्ति बाटीकामा विरोध कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपमा परी माओवादी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका सयोजक योगेन्द्र कुमाल सहित दर्जनौ माओवादी कार्यकर्ताहरु घाईते भएका थिए ।

प्रहरीले देशभक्त मोर्चाका अध्यक्ष सहित ३१ जना माओवादी नेता कार्यकर्ताहरु पक्राउ गरेको थियो । घाईते मध्य ७ जनाको बीर अस्पतालमा उपचार भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी