शान्तिपुर्ण प्रदर्शनमाथी पनी क्रुर दमन गरियो : बिप्लब ।

शान्तिपुर्ण प्रदर्शनमाथी पनी क्रुर दमन गरियो : बिप्लब ।

  • बुधबार, असार ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाण्डौ, ९ असार ।

नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले लिपुलेक सम्झौताको शान्तिपूर्ण प्रर्दशनमाथिको प्रहरी हस्तक्षपलाई क्रुर र हिंस्रक दमनको संज्ञा दिनुभएको छ । भारत र चीनबीच लिपुलेक सम्झौताको विरुद्ध निकालिएको जुलुसमाथि प्रहरी दमनको भत्सर्ना गर्दै जारी गरेको विज्ञाप्तिमा उहाँले सो कुरा बताउनुभयो ।

‘हाम्रो पार्टीद्वारा आयोजना गरेको शान्तिपूर्ण प्रर्दशनमाथि राज्यले क्रुर दमन गरेको छ’ विप्लवले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ । “भारत र चीनबीच लिपुलेकबारे भएको सम्झौताले नेपालको राष्ट्रियता र सार्वभौमिकतामाथि हस्तक्षेप भएको छ । सो हस्तक्षेपकारी सम्झौताको खारेजीको माग गर्दै आज १२ बजे काठमाडौंमा हाम्रो पार्टीद्वारा आयोजना गरेको शान्तिपूर्ण प्रर्दशनमाथि राज्यले क्रुर दमन गरेको छ” विप्लवद्वारा आज जारी विज्ञाप्तीमा भनिएको छ । शान्तिपूर्ण विरोधमाथि भएको सरकारी दमनको घोर भत्सर्ना गर्दै उहाँले गिरफ्ता कार्यकर्ताको रिहाई र घाइतेको उपचार गर्न माग समेत गर्नुभएको छ ।

बुधबार १२ बजे काठमाडौंको शान्तिबाटिका लिपुलेक सम्झौताको विरोधमा विप्लव माओवादीले शान्तिपूर्ण विरोध जुलुस निकालेको थियो । सरकारी दमनको विरोधमा बुधबार साँझ ७ बजे देशका सबै ठूला सहरमा मशाल जुलुस प्रदर्शन गर्ने माओवादीले जनाएको छ ।

संघीय जनवादी मोर्चा नेपालका अध्यक्ष तिलक परियार, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष लालबहादुर बिसी सहित ५ जना महिला गरि ३१ नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ । घाइते मजदूर नेता योगेन्द्र कुमालको विर अस्पतालमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी