काठमाण्डौ,९ असार ।
सरकारले पुननिमार्णका लागि भोली आयोजना गर्न लागेको अन्तराष्ट्रिय दाता सम्मेलनमा सहभागी हुने अधिकांश दातृ निकायका प्रतिनिधि काठमाडौं आईसकेका छन ।सम्मेलनमा सहभागी हुने ५३ मुलुक तथा दातृ निकायका अधिकांश प्रतिनिधि काठमाडौं आईसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
चीन र जापानका परराष्ट्रमन्त्री, भूटान , वंगलादेशका अर्थमन्त्री, श्रीलङकाबाट विपद् व्यवस्थापन मन्त्री र नर्वेका परराष्ट्रमन्त्री काठमाडौं आइसक्नु भएको मन्त्रालयले जनाएको छ ।यस्तै भारतीय विदेशमन्त्री शुस्मा स्वराज साँझ ६ आईपुग्नु आउने कार्यक्रम रहेको छ । यस्तै एसीयाली विकास वैंकका अध्यक्ष भने राती १० वजे आउदै हुनुहुन्छ ।
यस्तै जापान सहयोग नियोग जाईकाका अध्यक्ष, विश्ववैंकका उपाध्यक्ष, युरोपियन युनियनका विकास मामिला कमिश्नर तथा राष्ट्रसंघका सहायक महासचिव समेत नेपाल आईसक्नु भएको छ ।चीनका विदेशमन्त्री वाङ यी आज अपराह्न विशेष विमानबाट काठमाण्डौ आइपुग्नु भएको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा मन्त्री वाङलाई नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई, परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव शङ्करदास वैरागी, उक्त मन्त्रालय र यहास्थित चिनियाँ दूतावासका उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।
यस्तै जापानका परराष्ट्र राज्यमन्त्री मिनोरु कियुची पनि काठमाण्डौ आउनु भएको छ । उहालाई विमानस्थलमा नेपालका लागि जापानका राजदूत मासासी ओगावा, परराष्ट्र र अर्थमन्त्रालयका साथै यहाँस्थित जापानी दूतावासका वरिष्ठ अधिकृतले स्वागत गर्नुभयो ।नेपाल आएका विदेशी पाहुनाको सुरक्षा गृहमन्त्रालयको संयोजनमा शसस्त्र र नेपाल प्रहरीले गरेको छ ।
विदेशी पाउनालाई होलट सोल्टी, याक यण्ड यती र द्धारिकामा वस्ने व्यवस्था मिलाईएको छ ।यसैबीच सम्मेलनमा सहभागी हुन आउनु भएका बिशिष्ठ पाहुनाहरुले भूकम्पबाट क्षति भएको विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौंको बसन्तपुर, कुमारी घर , हनुमानढोका दरबार क्वायर क्षेत्रको अवलोकन गर्नुभएको छ ।हेलमेट, पञ्जा, मास्क र ज्याकेट लगाई सो क्षेत्रको अवलोकन गराइएको थियो । सम्मेलनमा भाग लिन आउनुभएका ३४ जना विशिष्ट अतिथिले सो अवसरमा अवलोकन गर्नुभएको हो ।
अवलोकनमा सहभागी हुन आउनुभएका युनेस्को प्रतिनिधिमण्डलका प्रमुख क्रिस्टिन मार्टिनले अवलोकनका क्रममा ऐतिहासिक, पुरातात्विक स्थलको पुनःनिर्माणका लागि सहयोग गर्ने बताउनु भयो ।जापानी सहयोग नियोग जाइकाका प्रमुख डा आकिहिको तानाकाले भूकम्पले पुर्याएको पुनःनिर्माणका लागि आवश्यक पर्ने सहयोग प्रदान गर्न जाइका तयार रहेको बताउनु भयो ।
श्रीलंका विपद् व्यवस्थापन मन्त्री ए एचएम फौजेले भूकम्पले नेपालमा पु¥याएको क्षतिप्रति दुःख व्यक्त गर्दै पुनःनिर्माणमा सहयोग गर्न आफ्नो देश तयार रहेको बताउनु भयो ।