दाता सम्मेलनका लागि आएका विदेशी पाहुनाहरु आज भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा

दाता सम्मेलनका लागि आएका विदेशी पाहुनाहरु आज भूकम्प प्रभावित क्षेत्रको अवलोकनमा

  • बुधबार, असार ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं ९ असार । भोली हुने दाता सम्मेलनमा सहभागी हुन नेपाल आइपुगेका विदेशी पाहुनाहरु आज भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि जाँदैछन् ।

नेपाली सेनाको हेलिकोप्टर मार्फत उनीहरुलाई प्रभावित जिल्लाहरु गोरखा, नुवाकोट, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखाको अवलोकन गराइने पराष्ट्र मन्त्रालयल जनाएको छ ।

दाता सम्मेलनमा सहभागी हुन अधिकांस सहभागीहरु काठमाण्डौ आइपुगिसकेका छन् भने बाँकी आज आउने भएका छन् ।  एसियाली विकास बैंकका अध्यक्ष, विश्व बैंकका उपाध्यक्षले सहभागिता जनाउने निश्चित भइसकेको छ ।

भारतबाट विदेशमन्त्री सुश्मा स्वराज र चीनबाट विदेशमन्त्री वाङ यी आज काठमाडौ आइपुग्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भूकम्पपछिको पुनःनिर्माण तथा नवनिर्माणका लागि बाह्य सहायता जुटाउन भोली राजधानीको सोल्टी होटलमा हुने सम्मेलनमा सात मुलुकबाट मन्त्रिस्तरीय सहभागिता रहनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी