काठमाडौ ९ असार । संविधानको मस्यौदा लेखनका लागि १५ दिनको समयसीमा पाएको मस्यौदा समितिको बैठक आज बस्दैछ । आजको बैठकमा कार्यदलले तयार पारेको संविधानको प्रारम्भिक मस्यौदाको बारेमा छलफल गरि टुङगो लगाउने तयारी भएको बताइएको छ ।
समितिको आजको बैठकमा ३५ भाग र ३ सय १२ धारा सहितको मस्यौदाको प्ररुप तयार पारेको कार्यदलको प्रतिवेदन पेश हुनेछ । आज बिहान १० बजे समितिको बैठक बस्नु अघि मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले प्रमुख दलका शिर्ष नेताहरुसँग अनौपचारिक छलफल गर्नु हुने बताइएको छ ।
दलहरुबीच संविधानको प्रस्तवना, नागरिकता, संवैधानिक निकायका पदाधिकारीको पुनरनियुक्ति, संविधान संसोधन लगायतका विषयमा सहमति हुन बाँकी छ । १५ दिन भित्र मस्यौदा निर्माणको समयसीमा पाएको समितिले आगामी आइतबार भित्रका काम पूरा गर्नु पर्ने भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline