प्र्रतिगामी संविधान आए भोलिपल्ट जलाउँछौ : यादव

प्र्रतिगामी संविधान आए भोलिपल्ट जलाउँछौ : यादव

  • मङ्लबार, असार ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

भक्तपुर, ८  असार ।
संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भुकम्प पिडितकानाममाआएको राहतको दुरुपयोग भएकोले छानविनको लागि न्यायिक कमिटी गठन गर्नु पर्ने बताउन’ भएको छ।

रफत संचार क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै यादवले दातृ निकायले भुकम्प पिडितका नाममा पठाएको अरवौको रकम हिनामिनाको पूर्ण रुपमा छानविन नहुने हो भने अव कसैले सरकालाई विश्वास नगर्ने बताउनुभयो ।

उहाँले मन्त्री र सरकारमै भएकाहरुले राहतमा गरेको घोटला र भौतिक संरचना निमार्णमा भन्दा पनि रकम माग्ने प्रबृति बढेकाले विश्व समुदायले विश्वास गर्न नसकेको बताउनु भयो ।

राष्ट्रिय सरकारको कुरा भुकम्प पिडितको डलर हात पार्नका लागि मात्र भएको उहाको आरोप थियो ।

राष्ट्रिय सरकारको कुरो गर्दै १६ बुँदे गरेका दलहरुले राहतको रकम दुरुपयोग गर्नै कै लागि सहमति गरेको यादवले दाबी गनर्’भयो ।
प्रमुख दलहरुले प्रतिगामी संविधान ल्याउन खोजेको भन्दै उहाले मधेश आन्दोलनका समयमा गरिएका सहमतिलाई लत्याउँदै संविधान जारी गरिए त्यस्तो संविधान जारी भएकै भोलिपल्ट जल्ने बताउन’ भयो ।
संविधान जारीका विषयमा आफूहरुलाई व्यवस्था गरे बिरोधका लागि संविधानसभा हुँदै सडकमा समेत उत्रन बाध्य हुने उहाँको भनाई छ।

अर्को एक प्रशंगमा यादवले लिपु लेकका बारे जसरी राजनीतिक दलहरुले विभिन्न भनाईहरु बाहिर ल्याएका छन् यसले छिमेकीहरुसँगको सम्बन्ध विग्रन सक्ने भन्दै सरकारले लिपुलेक कसको हो स्पष्ट धारण राख्नु पर्ने बताउनु भयो । उहाँले भन्नु भयो सरकार र कुटनीतिक पक्षको कमजोरी देखिएकाले तत्काल लिपूलेक बारे नेपालीलाई जानकारी दिनु पर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी