रारा हिल फाउण्डेसनको सहयोगमा क्वारमा अस्थाई टहरानिर्माण कार्य जारी (फोटोसहित )

रारा हिल फाउण्डेसनको सहयोगमा क्वारमा अस्थाई टहरानिर्माण कार्य जारी (फोटोसहित )

  • मङ्लबार, असार ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाण्डौ ,८ असार ।
बिभिन्न दातृ निकायबाट वैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण घरवार बिहिन भएकाहरुलाई अस्थाई टहरा बनाउने क्रम जारी छ ।

यसैक्रममा रारा हिल फाउण्डेसनको सहयोगमा किर्तिपुर नगरपालीका वडा नम्बर १५ (क्वार) मा भुकम्प पीडितहरुलाई पुनर्वासका लागी अस्थाई टहरा निर्माण भईरहेका छन् ।

५० फुट लम्बाई र चौडाई २० फुट रहेको टहरा निर्माण कार्य भईरहेको छ । रातको समयमा पनि टर्च लाईट बालेर टहरा निर्माणको काममा स्थानियहरु ज्’टिरहेका छन्।

क्वारका स्थानीयवासीको सहयोगमा फाउण्डेसनले टहरानिर्माण गरेको हो । करीव एक सय परीवार रहेको क्वारमा अहिले दर्जनौ परीवार घरवार बिहिन भएको स्थानिय बताउछन् ।

अन्य संघ सस्थाले पनि सो क्षेत्रका स्थानियलाई चामल त्रिपाल लगायतको राहत सामग्री वितरण गरेको थियो । साथै सरकारले घर निर्माणकालागी दिने घोषणा गरेको १५हजार रुपैया पीडितले पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी