काठमाण्डौ ,८ असार ।
बिभिन्न दातृ निकायबाट वैशाख १२ गते गएको विनाशकारी भुकम्पका कारण घरवार बिहिन भएकाहरुलाई अस्थाई टहरा बनाउने क्रम जारी छ ।
यसैक्रममा रारा हिल फाउण्डेसनको सहयोगमा किर्तिपुर नगरपालीका वडा नम्बर १५ (क्वार) मा भुकम्प पीडितहरुलाई पुनर्वासका लागी अस्थाई टहरा निर्माण भईरहेका छन् ।
५० फुट लम्बाई र चौडाई २० फुट रहेको टहरा निर्माण कार्य भईरहेको छ । रातको समयमा पनि टर्च लाईट बालेर टहरा निर्माणको काममा स्थानियहरु ज्’टिरहेका छन्।
क्वारका स्थानीयवासीको सहयोगमा फाउण्डेसनले टहरानिर्माण गरेको हो । करीव एक सय परीवार रहेको क्वारमा अहिले दर्जनौ परीवार घरवार बिहिन भएको स्थानिय बताउछन् ।
अन्य संघ सस्थाले पनि सो क्षेत्रका स्थानियलाई चामल त्रिपाल लगायतको राहत सामग्री वितरण गरेको थियो । साथै सरकारले घर निर्माणकालागी दिने घोषणा गरेको १५हजार रुपैया पीडितले पाएका छन् ।
- रातको समयमा टहरानिर्माणमा जुटेका स्थानीय




