भूकम्प प्रभावित क्षेत्रमा विप्लव माओवादीले पुनर्निर्माणको अर्को अभियान सुरु गर्दै

भूकम्प प्रभावित क्षेत्रमा विप्लव माओवादीले पुनर्निर्माणको अर्को अभियान सुरु गर्दै

  • मङ्लबार, असार ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

काठमाडौं, ८ असार ।

गत बैसाख १२ गतेको विनाशकारी भुकम्प पछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले औपचारिक रुपमा संचालन गरेकोे तेस्रो चरणको पुर्ननिर्माण राहत वितरण तथा उद्दार अभियान आज सकिदैछ ।

भूकम्पीय विपतीलाई पुनर्निर्माणमा बदलौँ, ध्वंसलाई सम्बृद्धिको आधारमा बनाऔँ भन्ने नारा दिएर नेकपा माओवादीले भूकम्प प्रभावित क्षेत्रमा चलाएको तेस्रो चरणको अभियानको आज कलंकीमा एक कार्यक्रमको आयोजना गरी समापन गर्न लागेको हो ।

आज तेस्रो चरणको अभियान समापनसगै नया कार्यक्रम सहित चौथो चरणको अभियान शुरु हुने पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिनु भयो ।

पार्टी महासचिव विप्लवले भूकम्प प्रभावित जिल्लामा गएर उद्धार र पुनर्निर्माणमा जुटेको नेता कार्यकर्तालाई धन्यावादसहित प्रशंसापत्र दिएर बिदाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।

भूकम्प प्रभावित १७ जिल्लामा माओवादीले आफ्ना नेता तथा कार्यकर्ताहरुको परिचालन गरी चरणबद्ध रुपमा भूकम्प पीडितको उद्धार, राहत र पुननिमार्णका लागि अभियान संचालन गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी