पर्यटन प्रबर्दनका लागि एमालेले आज पर्यटकीय गन्तव्यहरुमा कार्यक्रम गर्दै

पर्यटन प्रबर्दनका लागि एमालेले आज पर्यटकीय गन्तव्यहरुमा कार्यक्रम गर्दै

  • मङ्लबार, असार ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ ८ असार । नेकपा एमालेले आज मुलुकभरका विभिन्न पर्यटकीय गन्तव्यमा पर्यटन प्रवद्र्धनमुलक तथा पर्यटक स्वागत कार्यक्रमको अयोजना गरेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पिडितका लागि एमालेले करिब एकमहिना सन्चालन गरिएको अस्थायी टहरा निर्माण तथा व्यवस्थापन अभियान पनि अन्तिम चरणमा पुगेको छ ।

यसैक्रममा विनाशकारी भूकम्पले उपत्यकाका महत्वपूर्ण ऐतिहासिक सम्पदामा क्षति पुगेका कारण मुलुकको पर्यटन उद्योगमा पर्नसक्ने प्रभावलाई कम गर्न आज मुलुकभरका प्रमुख पर्यटकीय गन्तव्यहरुमा एक साथ पर्यटन प्रवद्र्धन कार्यक्रम तय गरेको हो ।

उक्त क्षेत्रमा सरसफाई कार्यक्रम, पद्यात्रा र पर्यटन साग सम्बन्धित कार्यक्रम आयोजना गर्नुका साथै विदेशी र स्वदेशी पर्यटकको स्वागत कार्यक्रम हुदैछ ।

हाम्रो सम्पदा, हाम्रो पहिचान, पर्यटकहरुलाई गर्छौ सम्मान भन्ने नारा सहित नेपालको प्रमुख पर्यटकीय गन्तव्यहरु कन्चनजंघा, सोलुखुम्बुको लुक्ला, जनकपूरको जानकी मन्दिर, चितवनको सौराहा, पोखरा, लुम्बिनी, प्युठानको स्वर्गद्धारी, बर्दियाको ठाकुरद्धारा, खप्तड र मुस्ताङको जोमसोम र मक्तिनाथ, खोटाङको हलेसी र मुगुको रारा ताल क्षेत्रमा एकसाथ कार्यक्रमको अयोजना गरेको राष्ट्रिय स्वयम सेवक अभियानका संयोजक गोकर्ण बिष्टले जानकारी दिनु भयो ।

कार्यक्रम अन्तरगत राजधानीको बसनतपूरबाट पार्टीका शिर्ष नेताहरु , राष्ट्रिय स्वयम सेवक अभियानमा संलग्न टोली लगायतको सहभागीतामा विभिन्न झाँकी सहितको र्याली ठमेल पुगी साँस्कृतिक कार्यक्रमको आयोजना गरिने एमालले जनाएको छ । ठमेल हुने कार्यक्रमको पार्टी अध्यक्ष केपी ओली , बरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यस्तै जनकपूरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, लम्बिीनीमा उपमहासचिव विष्णु पौडेल, पोखरामा सचिव पृथ्वी सुब्बा गुरुङ, स्वर्गद्धारीमा स्थायी समिति सदस्य सुरेन्द्रप्रसाद पाण्डेले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी केन्दिैय सदस्य तथा प्रचार विभाग उपप्रमुख सुर्य थापाद्धारा जारी विज्ञप्ती उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी