राष्ट्रपति-सभाध्यक्ष‘चर्काचर्की’

राष्ट्रपति-सभाध्यक्ष‘चर्काचर्की’

  • मङ्लबार, असार ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 24.3K
    SHARES

काठमाडौं,  ८ असार ।

१६ बुँदे राजनीतिक सहमतिविरूद्ध सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश र त्यसविरूद्ध दलहरूले ब्यक्त गरेको कडा प्रतिक्रियालाई लिएर राष्ट्रपति रामवरण यादव र सभाध्यक्ष सुवास नेम्बाङबीच चर्काचर्की भएको छ ।

स्रोतका अनुसार सोमबार बिहान शीतलनिवासमा भएको नियमित भेटमा राष्ट्रपति यादवले राज्यका तीन अंगबीच सुमधुर सम्बन्ध हुनुपर्ने भन्दै त्यसक लागि आवश्यक संयम अपनाउन सुझाव दिएका थिए।

जवाफमा नेम्बाङले सरकारका तीनवटै अंगले एक अर्काको अधिकार क्षेत्रको सम्मान गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रपतिले यस्तो सुझाव सर्वोच्चलाई नै दिनु उपर्युक्त भएको बताएका हुन्।

‘सरकारका सबै अंगले आफ्नो सीमा हेक्का राख्नुपर्छ,’ नेम्बाङलाई उद्धृत गर्दै राष्ट्रपति कार्यालय स्रोतले भन्यो,‘महामहिमले संयमताको कुरा हामीलाई होइन, अदालतलाई भन्नुपर्ने हो।’

१६ बुँदे राजनीतिक सहमति कार्यान्वन नगर्न सर्वोच्चका न्ययाधीश गिरिशचन्द्र लालको एकल इजलाशले दिएको अन्तरिम आदेश पछि कार्यपालिका र ब्यवस्थापिकासंग न्यायपालिका सम्बन्ध तिक्त छ ।

रिटमा विपक्षी बनाइएका संविधानसभा र सरकारको भनाई समेत नसुनी अदालतबाट राजनीतिक विषयमा अन्तरिम आदेश भएको विश्लेषण सहित प्रमुख राजनीतिक दलहरुले संविधान निर्माणको प्रक्रिया नरोक्ने निर्णय गरेका छन् ।

अदालतको कुनैपनि आदेशलाई ब्यवस्थापिका, कार्यपालिका र प्रमुख राजनीति दलहरुले एकैपटक अस्वीकार गरेको संभवत यो पहिलो घटना हो ।

संविधान निर्माणमा अवरोध हुन नदिने र स्वतन्त्र न्यापालिकाप्रति सम्मान पनि राख्ने रणनीति अख्तियार गरेका कांग्रेस, एमाले, एमाओवादी र फोरम (लोकतान्त्रिक)को निर्णय अनुसार सरकारले अन्तरिम आदेश बदरका लागि सर्वोच्चमा निवेदन दिने तयारी गरेको छ ।

राष्ट्रपतिसंगको नियमित भेटमा संविधानसभाका कामबारे जानकारी गराएको उल्लेखगर्दै सभामुख नेम्वाङले संविधान निर्माणको प्रक्रिया बेरोकटोक अघि बढ्ने बताए । आजको कान्तिपुरमा राजेन्द्र फुयालले खबर लेखेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी