काठमाडौ, ७ असार ।
प्रधानमन्त्री कोइरालाको अध्यक्षतामा गठन भएको नव निर्माण प्राधिकरण र परामर्श समितिमा एकीकृत नेकपा माओवादी सहभागी नहुने भएको छ ।
ब्यवस्थापिका संसदलाई छलेर अध्यादेश मार्फत समिति गठन गरेको भन्दै एमाओवादीले त्यस्तो समितिमा नबस्ने निर्णय गरेको हो ।
एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले चार दलवीच १६ बुँदे सहमति गर्दा सहमतिको साथ अघि बढ्ने सहमति भएकोमा सत्तारुढ दल कांग्रेस एमालेले सहमति उल्लघन गरी बनाएको समितिमा आफूहरु बस्न नसक्ने बताउनु भयो ।
स्रोतका अनुसार एमाले र एमाओवादीवीच प्राधिकरणको अध्यक्षमा एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई ल्याउने सहमति भएको थियो । उक्त सहमतिलाई एमालेले तोडेको निष्कर्ष एमाओवादीले निकालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline