काठमाण्डौ,७ असार ।
स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले अहिले देखिएको बाधा अड्चनलाई हटाएर संविधानसभाले प्रक्रिया पूरा गरी चाँडै संविधान जारी गर्ने दाबी गर्नुभएको छ ।
ग्लोवल युथ एसोसिएसने आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री सिहले यस्तो दाबी गर्नुभएको हो । उहाले केही शक्ति संविधान जारी गर्न नदिने षड्यन्त्रमा लागेको आरोप लगाउदै लोकतान्त्रिक विधिसम्मत रुपमा संविधान जारी बताउनु भयो ।
मन्त्री सिंहले सर्वोच्च अदालतको आदेशले संविधान निमार्णमा कुनै असर नपर्ने पनि बताउनु भएको छ । युबाको सहभागितामा ग्लोबल युथ एसोसिएसन अफ नेपालले भुकम्प पिडीतका लागि संकलन गरेको रकम आज काठमाडौँ क्षेत्र नं १ विभिन्न वडाका ५० जना भूकम्पपीडितलाई जनही १४ हजारका दरले बितरण गरीएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline