सर्वोच्चको निर्णयले संविधानसभाको क्षेत्राधिकार माथि हस्तक्षेप भएको छैन  : मन्त्री निधि

सर्वोच्चको निर्णयले संविधानसभाको क्षेत्राधिकार माथि हस्तक्षेप भएको छैन  : मन्त्री निधि

  • सोमवार, असार ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ ७ असार । भौतिक योजना तथा पूर्वाधार मन्त्री विमलेन्द्र निधिले पछिल्लो पटक प्रमुख राजनीतिक दलहरुबीच भएको सहमतिबारे सर्वोच्च अदालतको निर्णयले संविधानसभाको क्षेत्राधिकार माथि हस्तक्षेप नगरेको बताउनु भएको छ ।

विराटनगरमा आज कार्यकर्ता भेटघाटका क्रममा सञ्चारकर्मीसाग सङ्क्षिप्त कुरा गर्दै मन्त्री निधिले संविधान बनाउने नाममा प्रदेशको नामाङ्कन र सीमाङ्कनलाई थाती राख्न नमिल्ने भन्दै अदालतलाई विवादमा ल्याउने काम कसैले गर्न नहुने धारण राख्नु भयो ।

संविधानको मूल विषय सङ्घीयताको नामाङ्कन र सीमाङ्कन भएकाले केही समय ढिलो भए पनि यो विषयलाई संविधानसभाबाटै टुङ्ग्याएर संविधान जारी गर्नुपर्ने उहाको भनाइ छ । एक अर्को प्रसंगमा उहाले मुलुकभरका सडक निर्माणका लागि आफ्नो मन्त्रालयले यस वर्ष रु ३० अर्ब बजेट छुट्याएको जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी