काठमाडौ ७ असार । आगामी बिहीबार हुने दाता सम्मेलनको तयारीका क्रममा परराष्ट्र मन्त्रालयले आज कुटनीतिक निकायका प्रतिनिधिहरु सँग छलफल गर्दैछ ।
सम्मेलनको तयारी र अन्तर्राष्ट्रिय समुदायको धारण बुझ्न आज कुटनीतिक निकायका प्रतिनिधिहरुलाई बोलाइएको परराष्ट्र मन्त्री महेन्द्र बहादुर पाण्डेले जानकारी दिनु भयो । उहाँका अनुसार काठमाडौ स्थित सबै राजदुत र तीनका प्रतिनिधिलाई छुट्टा छुट्टै रुपमा बोलाइएको छ ।
सम्मेलनको तयारीका सम्बन्धमा विदेशीलाई निमन्त्रण गर्ने लगायत सम्बन्धमा परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयबीच विवाद उत्पन्न भएको थियो । सम्मेलनमा विभिन्न ३४ राष्ट्र तथा सहयोगी संस्थाका १ सय २५ अतिथिको उपस्थिति रहने भएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline