सर्वोच्चले संविधानसभाको सर्वोच्चतामाथि प्रहार गर्‍योः नेपाल

सर्वोच्चले संविधानसभाको सर्वोच्चतामाथि प्रहार गर्‍योः नेपाल

  • आइतवार, असार ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाण्डौ, ६ असार ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले सर्वोच्च अदालतले १६ बुँदे सहमति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेर संविधानसभाको सर्वोच्चतामाथि प्रहार गरेको आरोप लगाउनुभएको छ ।

अन्तर्रा्ष्ट्रिय योग दिवसको अवसर पारेर पतञ्जली योगपीठ नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा एमाले नेता नेपालले कस्तो संविधान बनाउने  भन्ने कुरा संविधानसभाको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको भन्दै जथाभावी आदेश नदिन सर्वोच्चलाई आग्रह गर्नुभयो ।

उहाँले १६ बुँदे सहमति राजनीतिक विषय भएको भन्दै राजनीतिक विषयमा सर्वोच्चलाई बोल्ने अधिकार नरहेको बताउनुभयो । एमाले नेता नेपालले संविधानसभाले सर्वोच्च अदालतको आदेशबाट विचलित नभइ जनआकांक्षा अनुसारको संविधान निर्माणको कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

एमाले नेता नेपालले आफूले ४० वर्ष अगाडि योगको नियमित अभ्यास गर्ने गरेको सुनाउँदै योग अभ्यासबाट सबैले फाइदा लिन सक्ने बताउनुभयो । कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष डा. उपेन्द्र महतोले पनि योगले मानिसको जीवनमा पार्ने सकारात्मक प्रभावका बारेमा चर्चा गर्नुभएको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी