काठमाडौं, ६ असार ।
विश्व संगीत दिवस पनि आज नेपालमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक बर्ष जुन २१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
अमेरिकी संगितकार जोल कोहेनले सन् १९७६ मा दिवसको अवधारणा ल्याएका पनि दिवसको औपचारिक सुरुवात भने फ्रान्सबाट भएको मानिन्छ ।
बर्षभरीकै लामो दिनका रुपमा रहेको जुन २१ लाई संगीत पे्रमीहरुले यो दिनलाइ विश्व संगीत दिवसको रुपमा मनाउँदै आएका छन् ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वी आफ्नो अक्षमा घुमेर ढल्किदा आज धेरै समय सूर्यको प्रकाश पर्ने भएकाले या ेबर्षकै सबैभन्दा लामो दिन भएको हो । यो दिनलाई ग्रिष्म संक्रान्ति पनि भन्ने गरिन्छ ।
आजका दिन सूर्य कर्क रेखामा हुन्छ । उत्तरतर्फ बढिरहेको सूर्य आजका दिन उक्त कर्क रेखालाई छोएर फेरी दक्षिणतर्फ बढ्न थाल्ने भएकाले ज्योतिषशास्त्रमा यो अवस्थालाई दक्षिणायन पनि भनिन्छ ।
२१ जूनपछि दिनको अवधि छोटो हुने क्रम शुरु हुने र यो हरेक दिन केही सेकेण्डले कम हुँदै जाने ज्योतिषशास्त्रमा उल्लेख छ ।