काठमाडौ, ६ असार ।
व्यस्थापिका संसद अन्तरगत राष्ट्रिय विपद व्यवस्थापन तथा अनुगमन विशेष समितिको बैठक आज बस्दैछ ।
अपरान्न ४ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा समितिले आगामी बुधबार राजधानीमा हुने दाता सम्मेलनको तयारीका सम्बन्धमा सरकारी निकायबीच उत्पन्न विवादका विषयमा सम्बन्धित निकाय सँग छलफल गर्दैछ ।
सम्मेलनको तयारीका क्रममा विदेशी निकाय पठाउने लगायतका विषयमा मतभेद उत्पन्न भएपछि विशेष समितिले परराष्ट्रमन्त्री महेनद्र बहादुर पाण्डे र अर्थमन्त्री डा. रामशरण महतलाई आजको बैठकमा बोलाइएको छ ।
दाताको सम्मेलन तयारी बारे बुझ्न दुई मन्त्रीलाई बोलाइएको संसद सचिवालयले जनाएको छ ।
विशेष समितिका प्रमुख रहनु भएका सभाअध्यक्ष सुवास नेमवाङले दाता सम्मेलनको तयारीका सम्बन्धमा सरकारी निकायहरुबीच समन्वय नभएको निष्कर्ष सहित आजको बैठक बोलाउनु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline