प्रहरीकै मिलेमतोमा एयरपोर्टबाट हुदैछ मानव तस्करी

प्रहरीकै मिलेमतोमा एयरपोर्टबाट हुदैछ मानव तस्करी

  • आइतवार, असार ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं,६ असार ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीकै मिलेमतोमा मानव तस्करी हुने गरेको खुलासा भएको छ।

भारत हुँदै अवैध रुपमा विभिन्न मुलुक जान लागेका आठ युवायुवतीलाई शुक्रबार विमानभित्रैबाट पक्राउ गरिएको छ ।

तस्करहरुसँग मिलेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले एक प्रहरी जवानलाई पनि नियन्त्रणमा लिएको छ ।

भारत घुम्ने भन्दै जेट एयरबाट नयाँदिल्ली जान लागेका चार युवक र चार युवतीलाई प्रहरीले विमानभित्रैबाट नियन्त्रणमा लिएको हो ।

उनीहरु सुरुमा नागरिकता देखाएर विमानसम्म गएका थिए, पछि एक प्रहरी जवानले उनीहरुको सामान छुटेको भन्दै उड्ने तयारीमा रहेको विमानमा एक झोला लगेर कर्मचारीलाई दिएका थिए ।

झोलामा पासपोर्ट देखेपछि एयरलाइन्सका कर्मचारीले सिनियर प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले आठजनालाई विमानबाट झारेर नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा सेटिङका आधारमा प्रहरी जवान ठाकुरप्रसाद घिमिरेले पासपोर्ट रहेको झोला विमानमा लगेर जेट एयरका कर्मचारीलाई दिएको खुलेको छ । भारत जान नेपालीलाई पासपोर्ट चाहिँदैन ।

भारत जान लागेका नागरिकसँग अन्य देश जान लागेको भिसा फेला पर्दा प्रहरीले रोक्नसक्ने भएकाले उनीहरु पासपोर्ट नलिई विमानमा गएका थिए, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी