सर्वोच्चको अन्तरिम आदेशपछि पनि संविधानको मस्यौदा लेखन कार्य जारी

सर्वोच्चको अन्तरिम आदेशपछि पनि संविधानको मस्यौदा लेखन कार्य जारी

  • शनिबार, असार ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौ, ५ असार ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पनि नयाँ संविधानको मस्यौदा लेखन कार्य जारी छ ।

मस्यौदा समितिको आजको बैठकमा सदभावनाका सभासद नरसिंह चौधरीले संविधानको मस्यौदा लेखन रोक्न माग गर्नुभयो ।

सर्वोच्च अदालतले अन्तरिम संविधानको १, ८२ र १३८ विपरित काम नगर्न अन्तरिम आदेश आएको भन्दै उहाँले प्रदेशहरुको नामांकन र सीमांकन विनाको संविधान निर्माण गर्नु आदेश विपरित हुने बताउनुभयो ।

यसैविच मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले नयाँ संविधानको मस्यौदा लेखन कार्यलाई निरन्तरता दिने रुलिङ्ग गरेका छन् ।

सभापतिको रुलिङपछि सदभावनाका सभासद चौधरीले सर्वोच्चको आदेशलाई सम्मान गर्नु पर्ने भन्दै मस्यौदा समितिको वैठक बहिस्कार गरेका छन् ।

सर्वोच्चले शुक्रबार अन्तरिम संविधानको धारा १, ८२ र १३८ विपरित काम नगर्न अन्तरिम आदेश दिँदै चार दलबीच भएको १६ बुँदे सहमति कार्यान्वयमा रोक लगाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी