काठमाण्डौ,५ असार ।
राष्ट्रपति डा रामबरण यादव र एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच भेटवार्ता भएको छ । आज बिहान राष्ट्रपति निवासमा भएको भेटबार्तामा यादवले सबैको सम्मान हुनेगरि संविधान निर्माणको कार्य अघि बढाउन सुझाब दिनुभएको छ ।
भेटमा अध्यक्ष दाहालले देशको पछिल्लो राजनितिक अवस्थाको बारेमा राष्ट्रपतिलाई जानकारी गराउनु भएको थियो । देशको पुर्ननिर्माणका लागि प्राधिकरण गठन, अदालतले हिजो जारी गरेको अन्तरिम आदेश लगाएतका विषयमा राष्ट्रपतिले जिज्ञासा राख्नुभएको जनाइएको छ ।
सर्वोच्चले अन्तरिम आदेशका विषयमा चार दलले गरेको सयुक्त निर्णयको बारेमा जानकारी गराउदै प्रचण्डले यस विषयमा हिजो चार दलले गरेको छलफल र संविधान निर्माणको प्रक्रिया नरोक्ने सहमति भएको भेटमा बताउनु भएको सितल निवास स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline