अन्तर्राष्ट्रिय शरणर्थी दिवस आज

अन्तर्राष्ट्रिय शरणर्थी दिवस आज

  • शनिबार, असार ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

काठमाडौं, ५ असार । 

आज अन्तर्राष्ट्रिय शरणर्थी दिवस । नेपालमा पनि शरणार्थीको हक अधिकार सम्बन्धी काम गरिरहेका विभिन्न संघसंस्थाले विविध कार्यक्रम गरी मनाइदैछ ।  हरेक वर्ष जुन २० तारिखमा यो दिवस मनाउने गरिन्छ ।

शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्च आयोग युएन एचसीआरले द्वन्द्वका कारण धेरै मान्छे विस्थापित हुने गरेको भन्दै युद्धको निराकरण र युद्धले उत्पन्न गरेका समस्या समाधानमा जोड दिएको छ ।

शरणार्थीको उचित पुनस्र्थापनाका लागि पछिल्लो समय नेपालमा रहेका भुटानी शरणार्थीलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे, बेलायत र अमेरिकामा पुनर्वासको व्यवस्था मिलाईएको छ ।

यस्तै नेपालमा २० हजार भन्दा बढी तिब्बती शरणार्थी सहित सोमालिया, बंगलादेश, नाईजेरिया लगायतका देशका शरणार्थी छन् ।

यद्यपी नेपालले शरणार्थी सम्बन्धी राष्ट्रसंघीय अभिसन्धीमा हस्ताक्षर गरेको छैन । शरणार्थीलाई सम्बोधन गर्ने राष्ट्रिय कानून समेत बनाउन नसकेको बन्दै सरकारको आलोचना हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी