काठमाडौ, ५ असार ।
विप्लव नेतृत्वको नेकपा माओवादीले आज पनि भुकम्प बाट क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण कार्य जारी राखेको छ ।
यसैक्रममा आज काभ्रेको वाल्टिङ गाविसमा सहिद भवन निर्माण कार्य सनचालन भइरहेको छ ।
काठमाडौ जिल्ला सदस्य तथा टोखा नगर प्रमुख भिम चापागाईको नेतृत्वमा खटिएको १० सदस्यीय टोलीले आज काभ्रेको वाल्टिङ गाविस स्थित सहिद परिवारको दुई ओटा घर निर्माणमा जुटेको हो ।
भूकम्प लगत्तै लगातार प्रभावित क्षेत्रमा राहत तथा पुनरनिर्माणमा जुटेका माओवादी टोलीले आज काभ्रे वाल्टिङ स्थित सहिद फत्तबहादुर थापा र कल्लेरी रणाको दाईको घर निर्माणमा जुटिरहेको सो पार्टीले जनाएको छ ।
यसअघि हिजो काभ्रेकै पन्चकन्या माविको तीनकोठे भवन निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको टोलीका नेतृत्व गरिरहनु भएका चापागाईले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline