काठमाडौ, ५ असार ।
गत बैशाख १२ गतेको विनाशकारी भुकम्प पछि काठमाण्डौ वडा नम्बर २३ का स्थानीयले पनि आफुले भोट दिएर जिताएका सभासद आउलान् र हाम्रो पीडा समस्याको संबोधन होला भन्ने सोचेका थिए । उनीहरुले त्यहि कल्पनामा थुप्रै दिन रात कटाए । तर आफुले चुनेर पठाएका जनप्रतिनिध आएनन् ।
करीब दुई महिनापछि शुक्रवार बिहान अचानक सभासद नविन्द्र जोशीलाई देख्दा भुकम्प पीडितहरुले “किन के गर्न आएको यँहा ?” भनेर गालि गरे ।
काठमाडौँ क्षेत्र न ८ बाट निर्वाचित कांग्रेस सभासद जोशी लाइ सो क्षेत्र को वडा न २३ मा पर्ने सिद्दि चरण मार्ग भित्र रहेको पुरानो बस्तिका पीडितहरुले भुकम्प गएको दुई महिना पुग्नलाग्दा हाम्रो पीडामा रमाउन आएको ? भोट माग्दा हात जोड्दै आउने अहिले समस्या पर्दा लुकेर बस्ने ? भन्दै आक्रोस पोखेका थिए ।
भुकम्प बाट घरहरुमा क्षति पुगेपछि खुल्ला चौरमा पाल टागेर बसेका स्थानीयहरुले घेरा हालेर गालि गरीरहदा सभासद जोशीले हात जोडेर गल्ति भयो भन्दै माफि माग्नु भएको थियो । नजिकै रहेको खालि स्थानमा त्रिपालमा बसेका परिवारसँग हात जोडेर माफि माग्दै जोशीले भन्नुभयो ’’ म मेरो मान्छे लाई चाडो भन्दा चाडो राहतको जिम्मा दिन्छु ।’’
सो टोल मा करिब ४० घर रहेकोमा अधिकांस घर पुरानो भएको कारण बस्न नमिल्ने र ३ घर पूर्ण रुपमा भत्किएका छन ।
अधिकांस परिवार पुरानो नगर पालिका धरमपथमा रहेको खालि स्थानामा त्रिपाल मुनि बस्न बाध्य भएपनि अहिलेसम्म राहतको लागि भने स्थानिय क्लवले बाहेक कसैले सहयोग नगरेको स्थानीयहरुको दुखेसो छ ।
उक्त क्षेत्रमा भुकम्पका कारण कुनै मानविय क्षेती नभएपनि भौतिक क्षेती भएका लाइ परिचय पत्र दिने कार्य समेत अलपत्र अवस्थामा छ । जोशी उक्त क्षेत्रका प्रभाब शालि संगै गणत्रन्त्र स्थापना को पहिलो संविधान सभाको निर्वाचनमा पनि निवाचित हुनु भएको थियो ।