काठमाडौं ,४ असार ।
प्रमुख चार दलबिच भएको १६ बुँदे सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको आदेशपछि छलफल गर्न प्रमुख दलका शीर्ष नेताहरुको बैठक अहिले बसीरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सर्बोच्चको आदेशपछि अब के गर्ने भन्ने बारेमा छलफल छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ । संविधान निर्माणका लागि प्रमुख चार दलले गरेको १६ बुँदे सहमति तत्काल कार्यान्वयन नगर्न सर्बोच्चले आदेश दिएपछि दलहरुको आकस्मिक बैठक बालुवाटारमा बसेको हो ।
सर्वोच्च अदालतले नाम र सीमाबिनाको प्रदेशसहितको संविधान ल्याउने १६ बुँदे सहमतिविरुद्ध अन्तरिम आदेश जारी गरेपछि दलहरु छलफलमा जुटेका हुन । बैठकमा कांग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकका नेताहरु सहभागी भएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline