काठमाडौं, ४ असार ।
मन्त्रीपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्रीको कार्यलय सिंहदरबारमा बिहान १० बजेपछि बस्ने परिषदको बैठकले दाता सम्मेलनका विषयमा कार्यविधि तयार पर्ने बताइएको छ ।
सम्मेलनमा राख्ने प्रस्ताव, पुनःनिर्माणको योजना लगायतका विषयमा आजको परिषद बैठकमा छलफल हुनेछ । बैठकमा राष्ट्रिय योजना आयोगले बनाएको योजना, अर्थमन्त्रालयको प्रस्तावका आधारमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
दाता सम्मेलन आगामी असार १० गते राजधानीमा सुरु हुदैछ । त्यस्तै बाढी प्रभावित क्षेत्रका बासिन्दाहरुको पुनस्थापना, सजगता लगायतका विषयमा पनि छलफल हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline