तीनकुनेस्थित पुल नजिक निर्माणाधीन कल्भर्ट थुनिँदा शुक्रबार बिहानै आसपासका क्षेत्रमा त्रास फैलिएको हो ।
बाढीले बगाएर ल्याएको फोहोरले तीनकुने पुलभन्दा उत्तरपट्टी बाग्मती करिडोरमा ह्युम पाइप राखेर बनाइएको अस्थायी पुल बिहान १ बजेदेखि थुनिँदा पानीको सतह बढेको थियो ।
बागमतीमा बढेका पानीको बहावले काठमाडौंको तीनकुनेमा बनाइएको डाइभर्सन केहि समय थुनिएपछि शान्तिनगर,सिनामंगल, , गैरी गाउँ र तीनकुने क्षेत्रका बासिन्दा त्रसित बनेका थिए ।
शान्तिनगरमा रहेको सामुदायिक पार्क, शान्तिनगर तरकारी बजार र सोही स्थानमा रहेको चर्च डुबानमा पर्नसक्ने भन्दै स्थानीय त्रसित बनेका थिए ।
बाढीले थुनिएको तीनकुनेको डाइभर्सन करिब १ घण्टा भित्रमै प्रहरीले खुलाएको वानेश्वर प्रहरी बृतका इन्स्पेक्टर दान बहादु कार्कीले बताउनु भयो ।
उहाँका अनुसार अहिले बागमतीमा पानीको वहाब सामान्य रहेको छ ।

