असार मसान्तभित्रै संविधान जारी हुन्छ : भट्टराई

असार मसान्तभित्रै संविधान जारी हुन्छ : भट्टराई

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ, ३ असार ।

एकीकृत माओबादीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले असार मसान्तभित्र संविधानसभाबाट नयाँ संविधान जारी हुने बताउनुभएको छ ।

गोरखा सदरमुकाममा आज पत्रकारसँग कुराकानी गर्दै पुर्वप्रधानमन्त्री समेत रहनुभएका भट्टराईले भन्नुभयो “प्रमुख राजनीतिक दलहरूबीच संबिधान निर्माणको विषयमा सहमति जुटेकाले धमाधम संविधान लेखनको काम अघि बढेको छ ।

आन्दोलनकारी शक्तिहरूबीच संविधान निर्माण गर्ने सहमति भएकाले नयाँ संबिधान जारी हुने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

भट्राईले हल्लाको भरमा जनता लाग्न नहुने भन्दै यसअघि दलहरूबीच भएको धर्मनिरपेक्षता जस्ता ठूला विषय अब परिवर्तन नहुने समेत उल्लेख गर्नुभयो ।

शक्ति बाँडफाटमा दलहरूबीच सहमति नभएको बताउँदै उहाँले राष्ट्रप्रमुख वा राष्ट्रपति के शब्द राख्ने भन्नेबारे बिबाद नभएको दाबी गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी