ज्वाइँलाई जेल पठाएर छोरीनाति बेचेको आरोप

ज्वाइँलाई जेल पठाएर छोरीनाति बेचेको आरोप

  • बिहिबार, असार ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

जनकपुरधाम, ३ असार ।

नौ महिनाकी गर्भिणी २३ वर्षीया सुशीला ठाकुर बुधबार जसोतसो हिँड्दै धनुषा जिल्ला प्रहरी कार्यालय आइपुगिन्।

चिकित्सकले दुईतीन दिनमै बच्चा हुनसक्छ भने पनि घरमा आराम गर्नुको साटो चर्को घाममा प्रहरीकहाँ आइपुगेकी सुशीलाले आफ्नै आमाबुबालाई लगाएको आरोपले झस्काउँछ।

आर्थिक लोभका कारण आमाबुबाले छोरासहित आफूलाई अर्कैको हातमा बेचेको भन्दै उनले प्रहरी गुहारेकी हुन्।

धनुषा रघुनाथपुर ८ माइत भएकी सुशीलाको आरोप छ९ बुबा मिश्री ठाकुर बरही र आमा कुमारी ठाकुरले मसँग सापटी लिएको तीन लाख रुपैयाँ पचाउन उल्टै मलाई नै दुई वर्षको छोरासहित ४० हजारमा बेचे।

सुशीलाले जे सुनाइन्, त्यसले नेपाली समाजमा गढेको आपराधिक चरित्रको एउटा रूप उजागर गर्छ।

धनुषा पटेर्वा ३ का २८ वर्षीय विष्णु ठाकुरसँग पाँच वर्षअघि सुशीलाको बिहे भएको थियो।

बिहे भएको दुई वर्षमा विष्णु वैदेशिक रोजगारका लागि साउदी अरेबिया गए। छोरा समर जन्मिसकेका थिए।

विष्णुले साउदी अरेबियाबाट सुशीलालाई पठाउने गरेको रकम सापटी भन्दै उनका बुबाआमा मिश्री र कुमारीले लिन थाले।

दुई वर्षमा विष्णुले पठाएको तीन लाख रुपैयाँ छोरी सुशीलालाई फकाउँदै उनका बुबाआमाले चलाइदिए।

दुई वर्षमा विष्णु साउदी अरेबियाबाट फर्के र आफूले पठाएको कमाइको हिसाब सुशीलासँग मागे। सुशीलाले पतिलाई भनिन्, ुआमाबुबाले सापटी लिएका छन्।ु

विष्णुले रकम फिर्ता गर्न सासूससुरालाई ताकेता गर्न थाले। सासूससुराले विष्णुलाई आफ्नी अर्की छोरी कोशिलाको घरमा बोलाए, जनकपुर। त्यो रात विष्णुलाई त्यहीं बस्न कोशिलासहित उनका सासूससुराले आग्रह गरे।

राति सुतेको बेला विष्णुको सिरानीमा कटुवा पेस्तोल राखेर उनीहरूले प्रहरीलाई खबर गरे। कोशिलाका पतिले भारततिरबाट कटुवा पेस्तोल ल्याएका थिए।
प्रहरीलाई विष्णुलाई समात्यो र हातहतियार तथा खरखजाना ऐनमा समात्यो। उनले जलेश्वर जेलमा डेढ वर्ष काट्नुपर्‍यो।

पति जेल परे पनि सुशीलालाई आफ्नै आमाबुबाले षड्यन्त्र गरेर उनलाई जेल पठाएको कल्पनासम्म भएन।

पति जेल परेपछि सुशीलालाई घरै चलाउन मुस्किल पर्न थाल्यो। उनले आमाबुबालाई पटकपटक सापटी फिर्ता गर्न अनुरोध गरिन्।

बुबाआमाले सुशीलालाई पनि ठेगान लगाउने विचार गरे।

आमाबुबाले अघिल्लो वैशाखमा रौतहटको शिवगढी मेला हेर्न जाऊँ भनी छोरा समरसँगै सुशीलालाई फकाएर लगे।

त्यहाँ पुगेर रौतहट अजगेवा गाविसका ३५ वर्षीय सौखीलाल राय यादवसँग उनीहरूले छोरीलाई नातिसहित ४० हजारमा बेचे र आफू कुलेलम ठोके। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी