मस्यौदा निर्माण समितिको गोप्य बैठक जारी

मस्यौदा निर्माण समितिको गोप्य बैठक जारी

  • बुधबार, असार २, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाण्डौ, २ असार ।

पाँच उपसमितिले प्रतिवेदन बुझाएपछि संविधान मस्यौदा निर्माण समितिको गोप्य बैठक जारी छ ।

संविधानको मस्यौदा तयारीका लागि विभिन्न उपसमितिहरुले प्रतिवेदन बुझाउन ढिलो भएपछि बिहान बोलाइएको मस्यौदा समितिको बैठक अपरान्ह सुरु भएको हो । पाँचवटा उपसमितिलाई मंगलबार बेलुकासम्म प्रतिवेदन बुझाउन भनिए पनि केही विषयमा विवाद भएपछि प्रतिवेदन तयारीमा ढिलाइ भएको हो ।

मूल समितिको बैठकमा संचारकर्मीलाई प्रवेश दिइएको छैन । उपसमितितले प्रतिवेदन बुझाएपछि त्यसबारेमा छलफल भएका छन्। उपसमितिले टुंगो लगाउन नसकेका कतिपय विषयलाई प्रतिवेदनमै समावेश गरिएको छ । त्यसमा मूल समितिमा सहमति खोजिने छ ।

भरतमोहन अधिकारीको संयोजकत्वमा व्यवस्थापिका,हितराज पाण्डेको संयोजकत्वमा कार्यतालिका,रमेश लेखकको संयोजकत्वमा न्याय,जितेन्द्रदेवको संयोजकत्वमा प्रस्तावना र अईन्द्रसुन्दर नेम्वाङको संयोजकत्वमा मौलिक हक उपसमिति गठन गरिएका थिए ।

१६ बुँदे सहमतिलाई दलहरुले आआफ्नो स्वार्थ र सुविधाअनुसार व्याख्या गर्न थालेपछि उपसमितिको बैठक लम्बिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी