काठमाण्डौ, १ असार ।
संविधासभाको मस्यौदा समिति अन्तर्गतका उपसमितिले सहमति भएका विषयलाई समेटेर मस्यौदा तयार गरेका छन् ।
मस्यौदा समिति अन्तर्गतका पाँचवटा उपसमितिले आ–आफ्नो क्षेत्राधिकारभित्र पर्ने सहमति भएका विषयलाई समेटेर मस्यौदा तयार गरेका हुन् ।
समितिले उपसमितिलाई मस्यौदा तयार गर्न मंगलबारसम्मको समय दिएको थियो । उपसमितिहरुले आफूले तयार पारेका मस्यौदा समितिको बुधबार बिहान बस्ने बैठकमा प्रस्तुत गर्ने छन् ।
मस्यौदा समितिको बुधबार बस्ने बैठकले उपसमितिले तयार पारेका मस्यौदालाई एकीकृत रुप दिने सम्बन्धमा ठोस कार्ययोजना बनाउने छ । संविधानसभाले मस्यौदा तयार गर्न मस्यौदा समितिलाई १५ दिनको समय दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline