काठमाण्डौ,१ असार ।
राष्ट्र विखण्डनको अभिव्यक्ति फैलाइरहेका सिके राउतलाई बेलायतमा अवस्थित एम्नेस्टी इन्टरनेशनलको प्रेस अफिसले आज एक प्रेस विज्ञप्ति जारी गर्दै बोल्न र संगठन गर्न पाउनुपर्ने जिकिर गरेको छ ।
राउतलाई एम्नेस्टीले समर्थन गरेको विरोधमा नेपाल शाखाका ९ पदाधिकारीले राजिनामा दिएपछि एम्नेस्टीले वक्तव्य जारी गरेको हो । एम्नेस्टीले सीके राउतका सम्बन्धमा संस्थाले लिएको नीति सही रहेको सन्देश वक्तव्यमार्फत् दिएको छ ।
नेपाल शाखाका ९ पदाधिकारीले एम्नेस्टी परित्याग गरेकोमा प्रेस वक्तव्यमा दुस्ख व्यक्त गर्दै उनीहरुप्रति शुभेच्छा प्रकट गरिएको छ । यसैबीच एम्नेस्टि नेपालका सल्लाहकार एवम् पत्रकार विष्णु निष्ठुरीले पनि एम्नेस्टि छाडेको घोषणा गरेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline