दुर्लभ वनस्पती तथा जीवजन्तुको व्यापार महासन्धि सम्बन्धी अभिमुखीकरण ताप्लेजुङमा सम्पन्न

दुर्लभ वनस्पती तथा जीवजन्तुको व्यापार महासन्धि सम्बन्धी अभिमुखीकरण ताप्लेजुङमा सम्पन्न

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

०१ असार, ताप्लेजुङ 
ताप्लेजुङको फुङलिङ बजार स्थित होटल स्नो लिओपार्डको हलमा कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना र व्यवस्थापन परिषदले संयुक्त आयोजना गरेको दुर्लभ तथा संकटापन्न वनस्पती तथा जीवजन्तुका प्रजातीहरुको अन्र्तराष्ट्रिय व्यापार सम्बन्धी महाससन्धी (साइट्स) सम्बन्धि २ दिने अभिमुखीकरण कार्यक्रम राष्ट्रिय निकुञ्ज तथा बन संरक्षया विभागका उपमहानिर्देशक फणिन्द्रराज खरेलको प्रमुख आतिथ्यता तथा प्रस्तुतिमा आज सम्पन्न भएको छ ।
कार्यक्रमको प्रथम दिन जेष्ठ ३२ गते एक ओपचारिक कार्यक्रमका बीच शुरु भएको उक्त कार्यक्रमलाई कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद अध्यक्ष खगेन्द्र फेम्बु लिम्बूले अध्यक्षता गर्नुभएको थियो । अभिमूखीकरण कार्यक्रममा मुख्य प्रस्तोता तथा प्रमुख अतिथि राष्ट्रिय निकुञ्ज तथा बन संरक्षण विभागका उपमहानिर्देशक फणिन्द्रराज खरेल हुनुहुन्थ्यो । अन्य प्रस्तोताहरुमा, वन विभागका उपसचिब नविन गिरी, डब्लु डब्लु एफका बरिष्ठ कार्यक्रम व्यवस्थापक अनन्तराम भण्डारी र हेमराज आचार्य रहनुभएको थियो ।

कार्यक्रमलाई पहिलो दिन ४ ओटा भागमा विभाजन गरी सफलताका साथ सम्पन्न गरिएको थियो । पहिलो भागमा औपचारिक समुद्घाटन गरी बााकी भागमा दुर्लभ तथा संकटापन्न वनस्पती तथा जीवजन्तुका प्रजातीहरुको अन्र्तराष्ट्रिय व्यापार सम्बन्धी महाससन्धी (साइट्स) सम्बन्धि प्रस्तुतिहरु क्रमश:संरक्षणको विगत, वर्तमान र भविष्यको बारेमा फणिन्द्रराज खरेल, साइट्सको पृष्ठभूमी, सांगठनिक संरचना, अनुसूचीहरु र साइट्सको कार्य प्रणाली बारे नविन गिरी, साइट्ससाग सम्बन्धित गैह्रसरकारी संस्थाहरु र जिम्मेवारी एवं भूमिका सम्बन्धी अनन्तराम भण्डारी, साइटीस अनुचूचीमा परेका समाबेश भएका नेपालका वन्यजन्तु र वनस्पतीहरु, वन्यजन्तु, व्यापार हुने अंग,श्रोत, बजार व्यापारमा संलग्न कारोबारीहरु सम्बन्धी प्रस्तुति नविन गिरी, राष्ट्रिय एवं अन्र्तराष्ट्रिय स्तरमा वन्यजन्तु निकासी र पैठारीको वर्तमान अवस्था,अवैध व्यापारमा हुने दण्ड सजाय, पुरस्कार, मुद्धाको तहकीकात तथा सुनुवाई सम्बन्धी व्यवस्थाको बारेमा राष्ट्रिय निकुञ्ज तथा बन संरक्षया विभागका उपमहानिर्देशक फणिन्द्रराज खरेलको प्रस्तुति र अन्र्तकृया भएको थियो ।

त्यस्तै कार्यक्रमको दोश्रो दिन अर्थात आज कार्यक्रमलाई तीन ओटा भागमा विभाजन गरिएको थियो । पहिलो भागमा नेपालको सन्दर्भमा साइटीस कार्यान्वयनका अभ्यास, अवसर, चुनौति र आगामी लक्ष कार्यक्रमको बारेमा वन विभागका उपसचिव नविन गिरी, दोश्रो भागमा नेपालका वन्यजतु एवं वनस्पती अपराध नियन्त्रणका संयन्त्रहरुको बारेमा राष्ट्रिय निकुञ्ज तथा बन संरक्षया विभागका उपमहानिर्देशक फणिन्द्रराज खरेलले, स्थानीय स्तरमा हुने जंगली वनस्पतीको व्यापार, ओसारपसार, अपराधका घटना, स्थानीय स्तरमा कार्यरत सरोकारवालाहरुको भूमिका, स्थानीय स्तरको वन्यजन्तु अपराध नियन्त्रण ईकाईको आगामी कार्य योजना सम्बन्धी हेमराज आचार्यले प्रस्तुति राखेका थिए ।
कार्यक्रममा ताप्लेजुङ जिल्लामा सक्रिय विभिन्न सरकारी संस्था, गैह्रसरकारी संस्था, संचार गृह र सरोकारवाला निकायका प्रतिनिधीहरुको उपस्थिति तथा सहभागिता रहेको उक्त अभिमुखीकरण कार्यक्रमको समिक्षासागै कार्यक्रममा सहभागीलाई प्रमाणपत्र वितरण गरी कार्यक्रम समापन भएको छ । कार्यक्रम समापनको क्रममा विशिष्ट अतिथि तथा प्रमुख जिल्ला अधिकारी डमरु प्रसाद निरौलाले अभिमुखीकरण सकाएर बस्नुभन्दा पनि यसलाई व्यवहारिक रुपमा अगाडि बढाउनुपर्ने बताए ।

अभीमुखीकरणका प्रमुख सहजकर्ता तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक फणिन्द्रराज खरेलले कार्यक्रममा उत्साहजनक उपस्थिति जनाएकोमा सम्पूर्ण सहभागि प्रति आभार व्यक्त गर्दै, साइट्को आगामी योजनामा सक्रियताका साथ सहभागिता जनाउने कुरामा विश्वस्त भएको बताउनु भयो ।

समापन कार्यक्रमका प्रमुख अतिथि तथा माननीय सभासद डम्बर तुम्बाहाङ्फेले गोष्ठी, सभा, सम्मेलन, अन्र्तकृया आदिमा सहभागी भएर पनि त्यस कार्यक्रमहरुकाट लिईएको ज्ञान,सीपलाई व्यवहारमा उतार्न नसक्नु हाम्रो कमजोरी भएको र कञ्चनजंघा संरक्षण क्षोत्रलाई ४ ओटा गाविसमा मात्र सिमित गर्न नहुने औाल्यौनु भयो । कार्यक्रमको सहजीकरण स्थानीय पत्रकार खगेन्द्र अधिकारीले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी