प्रधानमन्त्री उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री उद्धार कोषमा १ करोड रुपैयाँ सहयोग

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौं, असार १ 

प्रधानमन्त्री दैबी प्रकोप उद्धार कोषमा बिभिन्न क्षेत्रबाट सहयोग रकम जम्मा हुने क्रम जारी छ । आज उद्धार कोषमा नेपाल निर्माण व्यवसायी महासंघले १ करोड रुपैयाँ सहयोग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटार आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष शरदकुमार गौचनले १ करोड रुपैयाँको चेक प्रधानमन्त्री शुशिल कोइरालाई हसतान्तरण गर्नुभयो ।

निर्माण व्यवसायी महासंघले दिएको रकम ग्रह्ण गर्दै प्रधानमन्त्री कोइरालाले भूकम्प प्रभावितहरु राहत पाउनबाट नछुटुन् भन्नेबारेमा आफू सचेत रहेको भन्दै सरकारले अब पुनर्निर्माणको काम अगाडि बढाउने बताउनुभयो ।

उहाँले १६ बुँदे सहमतिसँगै संविधान निर्माणको काम अगाडि बढेको भन्दै संविधान जारी भएपछि पुनर्निर्माणको कामले गति लिने बताउनुभयो । यस्तै उद्धार कोषमा आज अन्य संघसंस्थाहरुले ५६ हजार रुपैयाँ सहयोग गरेको प्रधानमन्त्रीको सचीबालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी