काठमाण्डौ,१ असार ।
बैशाख १२ गते गएको बिनासकारी भुकम्प पछि विश्वको सर्वोच्च शिखर सगरमाथा तीन सेन्टिमिटर दक्षिणपश्चिम तर्फ सरेको चिनिया सन्चारमाध्यमहरुले दावी गरेका छन ।
नेपालमा बैशाख १२ गते आएको ७ दशमलब ८ रेक्टर स्केलको भुकम्पले उत्तरपूर्वी क्षेत्रका हिमालय श्रृंखलाहरु धकेलिएको चीनका सन्चारमाध्यमले वैज्ञानिकहरुलाई उधृत गर्दै दावी गरेका छन ।
चाइना डेलीले त्यहाँको राष्ट्रिय भौगर्भिक तथा मापन केन्द्रलाई उधृत गर्दै सगरमाथा बिगतका दशकहरुमा सगरमाथा ४० सेन्टिमिटर उत्तर पूर्वतर्फ सरेको दावी गरेको एएफएपीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline