लागुऔषधसहित चार युवक पक्राउ

लागुऔषधसहित चार युवक पक्राउ

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,१ असार  ।

प्रहरीले उदयपुरको बेल्टारबसाहा र सुनसरीको धरानबाट लागुऔषध सहित चार जना युवकलाई पक्राउ गरेको छ । बेल्टारबसाहा –३ स्थित वेली चोकबाट बेल्टारबसाहा नगरपालिका –२ का २७ वर्षिय साजन राई र २० वर्षिय शरण श्रेष्ठ पक्राउ परेका हुन ।

प्रहरीले उनीहरुका साथबाट एउटा मोटरसाइकल, लागु औषध इन्जेक्सन एभिल ११ एम्पुल, डाइजोपाम १३ एम्पुल र टेलीजेसिक १५ एम्पुल बरामद गरेको छ ।

त्यस्तै धरानको तीनकुनेमा प्रहरीले लागु औषध इन्जेक्सन एभिल, डाइजेल्याब र नोरफिल १५÷१५ एम्पुलसंगै धरान ११ का २२ वर्षिय सन्तोष विश्वकर्मा र १७ वर्षिय बिनय विश्वकर्मालाई पक्राउ गरेको छ ।

पक्राउ परेका चारजनालाई आवश्यक अनुसन्धान र कार्वाहीको लागी इलाका प्रहरी कार्यालय धरानमा राखीएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी