काठमाडौं, १ असार ।
गत बैसाख १२ गतेको शक्तिशालि भूकम्पका कारण ज्यान गुमाएका १४ जनाको अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ११ पुरुष र तीन महिलाको सनाखत हुन बाकि छ । काठमाण्डूबाट भेटिएको ११, लाङटाङ्बाट भेटिएको २ र भक्तपुरबाट भेटिएको एउटा शवको सनाखत हुन नसकेको हो ।
सनाखत हुन बाकि शवको फोटोग्राफ, औठाछाप, डि.एन.ए लगायतका अभिलेख गरी त्रि.वि. शिक्षण अस्पतालको शव गृहमा राखिएको छ ।
शव बुझ्न शव व्यवस्थापन डेस्कमा वा प्रहरी उपरीक्षक प्रकाश अधिकारीलाई सम्पर्क गर्ने प्रहरीले अनुरोध छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline