काठमाडौं, १ असार ।
पांचथरको अमरपुरस्थित इलाका प्रहरी चौकी भालुचोकमा कार्यरत प्रहरी जवान दिपेश चौधरीलाई बलात्कार अभियोगमा नियन्त्रणमा लिइएको छ ।
स्थानीय ५७ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको जानकारी पाउनासाथ चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख दिपक पोखरेले बताउनु भयो ।
घरमा पैसा पठाउँछु भन्दै चौकीबाट बाहिरिएका चौधरी गाँउमा मदिरा सेवन गरी अन्य दुईजना महिलामाथि पनि हातपात गरेको स्थानीयले बताएका छन । गाँउभर वितण्डा मच्चाउदै हिँडेको भन्दै स्थानीयले कारवाहीको माग गर्दै अमरपुर बजारमा प्रदर्शन समेत गरेका थिए ।
चौधरीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरिक्षक पोख्रेलले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline