मस्यौदा उपसमितिको बैठक आज बस्दै

मस्यौदा उपसमितिको बैठक आज बस्दै

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ,१ असार ।

संविधानका बाँकी विवादित विषयमा सहमति जुटाउने जिम्मा पाएका संविधान सभाको मस्यौदा उपसमितिले आज आफ्नो प्रतिवेदन मस्यौदा समितिमा बुझाउने भएको छ ।

हिजो देखि आ आफ्नो जिम्मेवारीमा जुटेका उपसमितिले आज दिनभरी छलफल गरी साँझसम्ममा आ आफ्नो प्रतिवेदन मस्यौदा समितिमा बुझाउने तयारी गरेका छन् ।

यसका लागि उपसमितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । कतिपय उपसमितिमा दलहरुबीच सहमति भइसकेका विषयमा पनि सभासदले प्रश्न उठाएपछि विवाद बल्झिएको छ । यद्यपी उपसमितिलाई पूर्व सहमति विपरित जाने अधिकार भने दिइएको छैन ।

सहमति जुटाउन बाँकी रहेका विषयमा समाधान खोज्न मस्यौदा समितिले विभिन्न पाँच वटा उपसमिति गठन गर्दै दुई दिनको समयसीमा दिइएको थियो ।

उपसमितिले प्रतिवेदन बुझाए लगत्तै मस्यौदा समितिले संविधान लेखनको कार्य अघि बढाउनेछ । मस्यौदा समितिले १५ दिनको समयसीमा पाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी