सत्ता साझेदारमा सहमति भएको छैनः कांग्रेस

सत्ता साझेदारमा सहमति भएको छैनः कांग्रेस

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौ, १ असार ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्रीलगायत प्रमुख पदमा दलहरूबीच भागबण्डा नभएको बताइएके छ ।

संविधान जारी भएपछि प्रमुख पदमा निर्वाचन गर्ने सहमति पहिल्यै भए पनि १६ बुँदे सहमति गर्ने क्रममा कुन कुन दलले के पाउने भन्नेबारे कुनै समझदारी नभएको कांग्रेसले जनाएको छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी भएपछि प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति र एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पाउने सहमति भएको आइतबार सार्वजनिक गर्नु भएको थियो ।

कांग्रेस सह महामन्त्री पूर्णबहादुर खडकाले दाहालको सार्वजनिक अभिव्यक्ति अपरिपक्व रहेको बताउँदै १६ बुँदे सहमतिका बेला त्यस्तो कुनै सहमति नभएको बताउनु भएको हो ।

राष्ट्रिय सहमतिको सरकार निर्माणका विषयमा छलफल भए पनि त्यसको नेतृत्व कसले लिने भन्नेबारेमा छलफल नभएको उहाको दाबी छ ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपराष्ट्रपति, उपसभामुखमा कुन दलले के पाउने भन्नेबारे कुनै छलफल नभएको सहमहामन्त्री खड्काले बताउनु भयो ।

स्रोतका अनुसार प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच मात्रै भएको छलफलमा यस्तो अनौपचारिक सहमति भएको दाबी छ ।

दाहाल र फोरम लोकतान्त्रिका अध्यक्ष गच्छारका अनुसार राष्ट्रपति कोइराला र सरकारको नेतृत्व ओलीले गर्ने सहमति भएको थियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी