नेपाली भुमिमा भारतीय एसएसबीको हस्तक्षेप

नेपाली भुमिमा भारतीय एसएसबीको हस्तक्षेप

  • मङ्लबार, असार १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौ, १ असार ।

कपिलवस्तुको पश्चिमी भागमा भारतीय सीमामा पर्ने गौतमबुद्ध साझेदारी वनक्षेत्रमा वृक्षरोपणका लागि तारबार गर्दा भारत सीमा सुरक्षा बलले रोक लगाएको छ।

नेपाल-भारत सीमास्तम्भ ५७८ नजिक अर्रा नदीको किनारमा रहेको नेपाली भूमिमा तारबार गर्दा भारतीय सुरक्षा टोलीले हस्तक्षेप गरेको हो।

भारतीय सीमा सुरक्षा बल छोटा भकुरवाका असई भागरथी रिवाडसहितको सशस्त्र हतियारधारी टोलीले तारबार गरिरहेका साझेदारी वनका सदस्यलाई धम्की दिएर काम रोकेको गुगौलीका स्थानीयले बताए।

उनीहरूले भारतीय सीमा सुरक्षा बलबाट असुरक्षा हुने भन्दै नाम नखोलिदिनसमेत आग्रह गरे।

उक्त वनक्षेत्रलाई वैज्ञानिक वन व्यवस्थापन गर्ने क्रममा तारबारसहित वृक्षरोपण गर्ने योजना रहे पनि भारतीय टोलीले रोकेको साझेदारी वनका सदस्यले गुनासो गरे।

अर्रा नदीको उत्तर नेपाल र दक्षिणपट्टि भारतीय भूमि हो। ‘तारबार गरेको क्षेत्र नेपाली भूमि हो भन्दा पनि उनीहरूले हामीलाई काम गर्न दिएनन्’, गौतम बुद्ध साझेदारी वनका अध्यक्ष जानकीप्रसाद यादवले भने।

वनको खाली १५ बिघा जग्गामा सात सय पिलर गाड्ने र तारबार गर्ने योजना रहे पनि भारतीय हस्तक्षेपले दुई सय ३७ वटा पिलर गाडेर बीचमै रोक्नुपरेको उनले बताए।

अर्रा नदीले नेपाल-भारत सीमा क्षेत्रमा रहेको सीमास्तम्भ बगाएको छ। सिमानानजिक अन्य पिलर छैनन्। पाँच किलोमिटर टाढा सानो सहायक पिलर भए पनि त्यसमा नम्बर उल्लेख छैन।

सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मधुकृष्ण गडतौलाले भने, ‘सिमाना नजिक पिलर नहुँदा भारतीय टोलीले काम रोकेको हो। सीमाविद्हरूको संयुक्त टोलीले सर्भे गरेपछि मात्रै काम अगाडि बढाउन उनीहरूले भनेका छन्।’

उनीहरूका गतिविधिबारे केन्द्रमा जानकारीसमेत गराइसकेको गड्तौलाले बताए। इलाका वन कार्यालय जबाबैराठका रेन्जर रवीन्द्र खनालका अनुसार स्थानीयले तारबार गरी वृक्षरोपण गर्न लागेको क्षेत्र नेपाल नक्सा एवं साँध सिमानाभित्रै पर्छ।

‘खै, कसले के हल्ला सुनाइदियो। उनीहरूले यहाँ आएर काम रोक्न भने, हामी पनि अन्यौलमा छौं’, उनले भने।

कपिलवस्तुका प्रजिअ विनोदप्रकाश सिंह सरुवा भएर गएको मौका छोपी भारतीय टोलीले काममा अवरोध गरेको एक वन उपभोक्ता सदस्यले गुनासो गरे।
इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख उपसचिव मेघनाथ पाध्याले भारतीय टोलीले नेपालमा वन कर्मचारीसहित साझेदारीका सदस्यले गरिरहेको तारबार रोकेको डीएफओबाट थाहा पाएको जानकारी दिए।

सीमा सुरक्षा बलले नेपाली भूमिमा तारबार गर्न रोके पनि यसबारे सम्बन्धित भारत बलरामपुर जिल्लाबाट कुनै लिखित वा मौखिक जानकारी आएको छैन। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी