चार वर्षपछि भारतको वेश्यालयबाट बालीकाको उद्धार

चार वर्षपछि भारतको वेश्यालयबाट बालीकाको उद्धार

  • सोमवार, जेष्ठ ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,३२ जेठ ।

शान्ति पुनःस्थापना गृह कृष्णनगर कपिलवस्तुले आफ्नै दिदीबाट बेचिएकी एक बालिकालाई उद्धार गरेको छ ।

भारत इलाहावादको मिरगन्जस्थित वेश्यालयबाट नुवाकोटको खड्का भञ्ज्याङबाट चार वर्ष पहिले हराएकी ११ वर्षीया पूजालाई चार वर्षपछि उद्धार गरिएको हो ।

उनकै आफनै दिदी कुइँटी तामाङले उनलाई वेश्यालयमा लगेर ३० हजार भारतीय रुपैयाँमा बिक्री गरेकी थिइन । इलाहावादमा मेला घुम्न जाने भन्दै नुवाकोटबाट इलाहावाद पु¥याइएकी पूजाले दिदीबाट बेचिन पुगेको भन्दै दिदीलाई कडा जेल सजाय हुनुपर्ने माग गरेकी छन ।

बहिनीलाई वेश्यालयमा बिक्री गर्ने पूजाकी दिदीउपर अहिले जिल्ला अदालत कपिलवस्तुमा मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा चलेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी