नेपालमा तीन दिन ढिला गरी मनसुन सुरु

नेपालमा तीन दिन ढिला गरी मनसुन सुरु

  • सोमवार, जेष्ठ ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, ३२ जेठ ।

यस बर्ष नेपालमा तीन दिन ढिला गरी मनसुन सुरु भएको छ । मनसुन त्यति सक्रिय भने छैन ।

सामान्यतया अंग्रेजी महिनाको १० तारेखदेखि नेपालमा मनसुन सुरु हुने गर्दछ । तर, १३ तारेख अर्थात हिजोदेखि मनसुन सुरु भएको मौसम विज्ञान विभागले जनाएको छ ।

भारतको केरला हुँदै पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसुन अब विस्तारै देशभर फैलिने मौसमविद शान्ति कँडेलले जानकारी दिनुभयो । अहिले मनसुन कमजोर भएकाले तत्काल लगातारको बर्षा भने हुने छैन ।

लगातार पानी पर्न अझै केही समय लाग्ने छ । ढिला मनसुन सुरु भएकाले यस वर्ष कम पानी पर्ने मौसमविदहरुले अनुमान गरेका छन् ।

मौसम विज्ञान विभागले मनसुन सक्रिय भएकाले केही दिनपछि ठूलो पानी पर्ने र भूकम्पले भूबनोट कमजोर भएका जिल्लाहरुमा जोखिम बढ्ने भन्दै सचेत रहन भनेको छ । यसको संकेत ताप्लेजुङ, संखुवासभा लगायत पूर्वी पहाडी जिल्लाहरुमा देखिसकेको छ ।

गत वैशाख १२ को भूकम्पका कारण १४ जिल्ला अतिप्रभावित र ४० जिल्ला प्रभावितको सूचीमा छन् । ति जिल्लाका जोखिमयुक्त बस्तीलाई मनसुन अघि नै सुरक्षित स्थानमा सार्नुपर्ने भए पनि ढिलाइ भएको छ ।

गोर्खा, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुंगा, काभ्रे, लम्जुङ लगायतका जिल्लाहरुमा भूकम्पले जमिन चिरा(चिरा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी