संघिय समाजवादी र फोरमबिच पार्टी एकता आज

संघिय समाजवादी र फोरमबिच पार्टी एकता आज

  • सोमवार, जेष्ठ ३२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, ३२ जेठ ।
लामो समयदेखि एकिकरणमा जुटेको उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र खस समावेशी राष्टिय पार्टीबिच आज एकता हुदैछ ।

राजधानीको नयाँबजार स्थित नेपाः पार्टी प्यालेसमा मध्यान्न १२ बजेपछि एक औपचारिक कार्यक्रममका बीच नयाँ पार्टीको घोषणा गरिने संघिय समाजवादी पार्टीका अध्यक्ष अशोक राईले जानकारी दिनु भएको छ ।

एकिकृत पार्टीको नाम संघीय समाजवादी फोरम नेपाल राखिने बताइएको छ । नयाँ पार्टीको घोषणा सँगै आजै पार्टीको कार्यनिति र रणनिति सार्वजनिक गरिने संघिय समाजवादी पार्टीका महासचिव राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

१ सय ९६ सदस्यीय केन्द्रिय समिति रहने नयाँ पार्टीको  नेतृत्व फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्नुहुनेछ ।

यस्तै वरिष्ठ नेता र संसदीय दलका नेताको जिम्मा अशोक राइले लिने तय भएको छ । सहअध्यक्षमा संघीय समाजवादीका वर्तमान महासचिव राजेन्द्र श्रेष्ठ रहनु हुनेछ ।

५ उपाध्यक्ष रहने कार्यसमितिमा फोरम नेपाल र संघीय समाजवादीबाट दुई, दुई र खस समावेशीबाट एक उपाध्यक्ष रहनेछन् ।

एकिकरण भएसँगै नयाँ पार्टी १५ सभासद सहित संविधान सभाको पाँचौ ठुलो दल बन्नेछ । नयाँ बन्ने दलले १६ बुँदे सहमतिको विपक्षमा रहेका दलहरुसँग मिलेर अघि बढ्ने रणनिति तय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी