खोक्लिङ, ताप्लेजुङ,जेठ ३१
ताप्लेजुङको पश्चिमि ६ गाविसमा गएको पहिरोबाट पिडित परिवारलाई स्थलमार्गबाट राहात वितरणमा समस्या भएको छ । पोहिरो प्रभावित क्षेत्रका सडक क्षतिग्रस्त भएका कारण स्थलमार्गबाट राहात वितरणमा समस्या भएको हो । पहिरो गएपछि लगातार वर्षात भइरहेकाले प्रभावित क्षेत्रमा पुगेर राहात वितरणमा समस्या भएको प्रमुख जिल्ला अधिकारी डम्मरु प्रसाद निरौलाले बताउनु भयो । पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरबाट २५ सय किलो तत्कालिन राहात पुर्याइएपनि लगातारको वर्षात र सडक क्षतिग्रस्त भएपछि स्थलगत रुपमा राहात वितरण गर्न नसकिएको हो ।
जिल्ला दैविक प्रकोप उद्धार समितिले आज बाट पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि, दाल, तेल लगायतका समिग्री पठाउने तयारी गरिएपनि बिहानैदेखि वर्षात भएकाले राहात सामग्री ताप्लेजुङ नगरपालिकाको हाद्रुङ्ग बजारसम्म मात्र पुर्याइएको छ । दैविक प्रकोप उद्धार समितिका अनुसार भोली बिहान १० बजे पहिरोबाट पिडित भएकालाई े हाद्रुङ्ग बजारमा बोलाएर राहात वितरण गरिने भएको हो ।
यसैगरि लगातारको वर्षातका कारण पोहिरोमा परि बेपत्ता भएका २३ जनाकाृे सव अझै फेला पर्न सकेको छैन । बेपत्ताको खोजिका लागि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीको थप संयुक्त टोली प्रभावित क्षेत्रमै रहेको छ ।
पोहिरोबाट पााच सय ५२ जना बिस्थापित भएका छन् ।